News
Friday, January 24, 2025
आदरणीय अभिभावकज्यू
नमस्कार,
विद्यालयले सञ्चालन गरेको तेस्रो त्रैमासिक (Summative
Assessment III) परीक्षा २०८१ को परीक्षाफल यही माघ १६ गते
बुधबार प्रकाशन गरिने जानकारी गराउँदछु । सो दिन विद्यार्थीको ग्रेडसिट
वितरण गरिनुका साथै शिक्षक अभिभावकबीच नानीबाबुहरुकोपठनपाठन
सम्बन्धी छलफल समेत हुने भएकाले हजुरहरुको अनिवार्य उपस्थितिका
लागी अनुरोध गर्दछु ।
साथै परीक्षाफल लिनका लागि पौष महिना सम्मको सम्पूर्ण शुल्क
अनिवार्य रुपमा भुक्तान गर्नुपर्ने भएकाले यदी बाँकि रहेको छ भने नतिजा
प्रकाशन हुनु अगावैभुक्तान गरिदिनुहुन पनि विनम्र अनुरोध छ ।
मिती : माघ १६, २०८१, बुधबार
समय : दिउँसो ११ बजेदेखि २ बजेसम्म
स्थान : विद्यालय परिसर
धन्यवाद ।
प्रिन्सिपल
अनुप शर्मा
EVEREST
Smart Education Academy
We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.
Powered by: Dynamic Ovhok Pvt Ltd