News
Tuesday, July 8, 2025
मिति: २०८२/०३/२४
छात्रवृत्ति आवेदनको लागि सात (७) दिने सूचना
छात्रवृत्ति वितरण निर्देशिका र निर्देशित संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८२ को आधारमा, यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निम्न वर्ग र किसिममा परेमा छात्रवृत्तिका लागि आवेदन दिन आह्वान गरिन्छ।
यो सूचना आजको मितिबाट लागू हुने गरी सात (७) दिनभित्र सम्बन्धित विद्यार्थीहरूले छात्रवृत्तिको किसिम स्पष्ट उल्लेख गरी विद्यालयमा निवेदन पेस गर्नुपर्नेछ। तोकिएको समयावधिपछि प्राप्त निवेदनहरू मान्य नहुने व्यहोरा समेत जानकारी गराइन्छ।
छात्रवृत्तिको किसिमहरू:
१) जेहेन्दार – अध्ययनमा विशेष उपलब्धि हासिल गरेका विद्यार्थीहरू
२) गरिब तथा विपन्न – आर्थिक रूपमा कमजोर र न्यून आय भएका परिवारका विद्यार्थीहरू
३) दलित, आदिवासी, जनजाति, अल्पसंख्यक, अतिसीमान्तकृत तथा लोपोन्मुख समुदाय
४) अपाङ्गता भएका विद्यार्थीहरू – प्रमाणित अपाङ्गता भएको अवस्था
साथै, निवेदनसाथ सम्बन्धित प्रमाण–पत्र, प्रमाणिक कागजातहरू तथा आवश्यक विवरण समेत संलग्न गर्नुपर्नेछ।
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई सूचित गरिन्छ कि छात्रवृत्तिको आवेदन निष्पक्ष, पारदर्शी र कार्यविधि अनुरूप मूल्याङ्कन गरिनेछ।
– विद्यालय प्रशासन
EVEREST
Smart Education Academy
We believe that every child is a GEM, unique with limitless potential and always ready to shine. Each child is special with his or her own talent, strength, hopes and dreams.
Powered by: Dynamic Ovhok Pvt Ltd